बिडिसिए कप: एक दिवसीय क्रिकेट सुरु
बैतडी । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिनिसिए कपको २२औँ संस्करण आजदेखि सुरु भएको छ ।

क्रिकेट सङ्घको आयोजनामा दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा सुरु भएको प्रतियोगिता आज यहाँ आयोजित एक समारोहकाबीच उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले गर्नुभयो । समारोहमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, विभिन्न सुरक्षा निकायका प्रमुख, दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदी, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहरालगायतको उपस्थिति रहेको क्रिकेट सङ्घका उपाध्यक्ष लोकराज जोशीले जानकारी दिनुभयो ।
उद्घाटन समारोहपश्चात् अहिले एनआरवासी र त्रिपुरा क्रिकेट क्लब खेलिरहेका छन् । बाह्र टोली सहभागी प्रतियोगिताको फाइनल खेल आगामी मङ्सिर ५ गते हुने क्रिकेट सङ्घका सचिव सिद्धराज कोकटीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउनेछन् ।
त्यस्तै म्यान अफ द सिरिजलाई रु १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई रु एक हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
खेलाडी उत्पादन र क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । गत वर्ष सम्पन्न २१औँ संस्करणको बिनिसिए कप जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब एनआरवाइसीले जितेको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्