तपाईँ सुन्दै हुनुहुन्छः

मुग्लिन–नारायणगढ सडक खण्डकाे जलविरे नजिक सुख्खा पहिरो, सवारी आवागमन एकतर्फी सञ्चालन

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत जलविरे नजिकै सुख्खा पहिरो खसेपछि सवारी आवागमन एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। आज बिहान पहिरो खसेपछि सडकको एक लेन अवरुद्ध भएको हो।

सडक डिभिजन कार्यालयका अनुसार मेशिन सम्बन्धित स्थानमा पुगिसकेको छ र पहिरो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको छ।

उक्त क्षेत्र पहिरोको उच्च जोखिममा रहेको भन्दै सडक प्रयोगकर्तालाई लेन अनुशासनमा रही सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको छ। अधिकारीहरूले आवागमनका क्रममा धैर्य राख्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button