तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनमा लुटिएका २२ नाल हतियार अझै फिर्ता हुन सकेन

झापा । जेनजी आन्दोलनका क्रममा झापामा लुटिएका २२ नाल हतियार अझै फिर्ता हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उक्त हतियार दमक र बिर्तामोडबाट लुटिएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको एक थान हतियार र २१ थान गोली बुधबार फेला परेको छ । बिर्तामोड–६ सुगम शान्ति टोलमा सिमल तरुलको झाडीभित्र बेवारिसे अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार ४ः४५ बजे प्रहरीले ०३११००८७२ नम्बरको हतियारसहित म्यागेजिन र १९ राउण्ड साबुत, २ राउण्ड बेसाबुत गोली बरामद गरिएको हो ।
जेनजी आन्दोलनका क्रममा इप्रका अनारमनीबाट लुटिएको सो हतियार ईलाका प्रहरी कार्यालयमै ल्याएर राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button