तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटना हुँदा बझाङमा दुई जनाको मृत्यु, एक गम्भीर घाइते 

बझाङ । बझाङको थलारा गाउँपालिका–२ दंगाजीमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्याक्टर चालक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा दंगाजी काँडा घर भएका ६४ वर्षीयका पौमले खाती र ६८ वर्षका जसे खाती रहेको दंगाजीका निवर्तमान वडा अध्यक्ष हेम खड्काले रेडियो नेपाललाई जानकारी दिनुभयो । 

दुर्घटनामा कैलाली भजनी घर भएका चालक खुसीराम चौधरी गम्भीर घाइते भएका छन् ।  स्थानीय झोता बजारबाट सामान लिएर गएको ट्याक्टर दंजाजीमा दुर्घटना भएको हो । 

घाइते चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउन लागेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । 

ट्याक्टर सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button