तपाईँ सुन्दै हुनुहुन्छः

एकसाथ ५ रेल्वे र्‍याक युरिया मल वीरगन्जमा,भण्डारणमा समस्या

वीरगञ्ज । गहुँ सँगै अन्य हिउँदे बालीका लागी वीरगन्ज भन्सारनाका हुँदै एकसाथ ५ रेल्वे र्‍याक युरिया मल नेपाल भित्रिएपछि अहिले भण्डारणमा समस्या भएको छ । 

हाल पाँचवटा ¥याकमा आइपुगेको मल आदित्य बिरला र आइपिएल कम्पनीले ल्याएका हुन् । आइपिएल र आदित्य बिरला कम्पनीले कृषि सामग्री कम्पनी र नेसनल टेड्रिङको समेत गरी ५५ हजार टन युरिया मल एकसाथ नेपाल ल्याएका हुन् । 

हाल मलको माग नरहेको भएपनि आगामी हिउँदमा गहुँ सँगै अन्य हिउँदे बालीका लागी युरिया मल उपयोगी हुने बताइएको छ ।

कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत भित्र्याइरहेको युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज स्थित सिर्सिया सुक्खा बन्दरगाहमा मल बोकेको रेल्वे ¥याकको चाङ लागेको छ ।

कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले ५ र्‍याकमा गरी १२ हजार ५ सय टन मल रहेको र उक्त मल कम्पनीको गोदाममा व्यवस्थापन गर्न कठिनाइ भएको बताउनुभयो  । 

कम्पनीको वीरगन्जस्थित आफ्नै परिसर, भुटनदेवी र नेसनल ट्रेडिङको गोदाम समेत गरी सबै गोदाम मलले भरिएकाले नयाँ आएको मलको व्यवस्थापनमा समस्या भएको उहाँले जानकारी दिनुभयो ।  

हाल तीनवटै गोदाममा गरी २३ हजार ५ सय टन मल वीरगन्जमै मौज्दात रहेकाले व्यवस्थापनमा समस्या भएको पाण्डेले बताउनुभयो । 

हाल आइसकेको मललाई गोदाममा व्यवस्थापन नगरिए निरन्तर थपिँदै जाने र मलको व्यवस्थापनमा झनै समस्या आउने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button