कर्णाली प्रदेश योजना आयोगका गतिविधि रेडियो नेपालबाट प्रसारण हुने
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका विभिन्न गतिविधिहरू अब रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट प्रसारण हुने भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आज रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र कर्णाली प्रदेश योजना आयोग वीच विभिन्न गतिविधिहरू प्रसारण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको हो ।
सम्झौता भएसँगै अब आयोगको नीति, योजना तथा कार्यक्रमका बारेमा प्रत्यक्ष महिनाको दुई दिन (पाक्षिक) रूपले शुक्रबार बेलुकी ५: ३० देखि ५ः४५ बजेसम्म रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट प्रसारण हुनेछ ।
सम्झौता पत्रमा प्रदेश योजना आयोगका प्रमुख प्रशासकीय अधिकृत गोपाल केसी र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका तर्फबाट प्रमुख विजयकुमार बर्माले हस्ताक्षर गर्नुभयो ।
प्रदेशमा सञ्चालित विभिन्न योजनाहरूको अवस्था के, कस्तो छ र कसरी सञ्चालन भइरहेका छन् भन्ने जानकारीसँगै विभिन्न गतिविधिहरू रेडियो नेपाल मार्फत नागरिकसमक्ष पुर्याउन सहयोग पुग्ने आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले विश्वास व्यक्त गर्नुभयो ।
रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख बर्माले कर्णाली प्रदेशको समृद्धि र विकासमा रेडियो कार्यक्रमले उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्