तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेशमै रोजगारी सरकारको प्राथमिकता : प्रधानमन्त्री कार्की

काठमाडौँ । सरकारले स्वदेशमै सिपमा आधारित उद्यमलाई प्राथमिकता दिने जनाएको छ । 

वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा बोर्ड सचिवालयले आज प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्न सरकार लागि परेको बताउनुभयो । 

विदेशबाट फर्केका नागरिकहरूको अनुभव र पुँजीलाई  कृषि, पर्यटन तथा प्रविधिको क्षेत्रमा प्रयोग गर्न नीतिगत सुधारका कार्यहरू अघि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीलाई भरपर्दो र क्रमशः निःशुल्क गर्न आवश्यक भएको बताउनुभयो । 

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीमा उत्पन्न हुने समस्या समाधान गर्न सचेतना कार्यक्रम महत्वपूर्ण हुने भन्दै सबै कल्याणकारी सेवाहरू पूर्ण रुपमा अनलाइनबाट सञ्चालन गरेर वैदेशिक रोजगार बोर्डले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । 

बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले बोर्डले प्रदान गर्ने सेवाले वैदेशिक रोजगारीमा जानेहरूलाई लाभ भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button