तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक 

काठमाडाैँ। सरकारले विभिन्न उच्चस्तरीय वैदेशिक सम्मेलनमा सहभागी हुने तथा विभिन्न मन्त्रालय अन्तर्गतका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बैँककमा आयोजना हुने हाइ लेवल समीट अन वाटर सेक्युरिटी एन्ड रेजिलिन्स विषयक कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्रालयका सचिव प्रमीलादेवी शाक्यलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।

यस्तै स्विट्जरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको सञ्चार मन्त्री खरेलले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतको आदेशबमोजिम पदममाया गुरुङलाई क्षतिपूर्तिबापत ६ लाख तीन हजार ६ सय  रुपैयाँ उपलब्ध गराउने, नेपाली सेनाका दश जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने पनि निर्णय गरेको छ ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गत निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने, अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन संरचना  र दरबन्दी स्वीकृत गर्ने र विज्ञापन बोर्डका लागि अधिकृत स्तरका आठ अस्थायी दरबन्दी स्वीकृत गर्ने लगायतका निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सञ्चार मन्त्री खरेलले जानकारी दिनुभयो ।

बैठकका १३ निर्णयः 

प्रतिक्रिया राख्नुहोस्

Back to top button