मलेसिया विरुद्धको दोस्रो लेगका लागि नेपालको प्रारम्भिक छनोट टोली घोषणा
काठमाडौँ । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत मलेसियाविरुद्धको दोस्रो लेगका लागि नेपालको प्रारम्भिक छनोट टोली घोषणा भएको छ ।
आइतबार नवनियुक्त मुख्य प्रशिक्षक हरि खड्काले भियतनाम भ्रमण गरेको टोलीमा १२ खेलाडीलाई थप्दै ३५ जनालाई बन्द प्रशिक्षणमा बोलाउनुभएको हो ।
भियतनाम भ्रमणमा नअटाएका फरवार्ड समीर तामाङ, अट्याकिङ मिडफिल्डर आदित्य शाक्य, सेन्ट्रल डिफेन्सिभ मिडफिल्डर सन्तोष खत्री र गोलकिपर टिकेन्द्र थापासँगै अन्य ८ खेलाडीलाई बोलाइएको छ ।
एन्फाले शुक्रबार टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त गरेको थियो । नेपालले नोभेम्बर १३ मा बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । त्यसको पाँच दिनपछि नेपालले छनोट प्रतियोगितामा मलेसियासँग खेल्नेछ ।
एसियन कपमा छनोट हुने समीकरणबाट बाहिरिइसकेको नेपालले छनोट प्रतियोगितामा बाँकी दुई खेल खेल्न बाँकी छ । पछिल्ला चार खेलमा नेपालले सबैमा हार बेहोरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्