‘The Fun२sss Show’ नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु
काठमाडौँ I नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘The Fun२sss Show’ शनिबारबाट OSR Reality मार्फत प्रसारण सुरु भएको छ । कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ।
हिल्स एण्ड होराइजन फिल्म्स प्रा.लि.को प्रस्तुत यो शोको निर्देशन चर्चित कमेडियन कैलाश कार्कीले गर्नुभएकाे छ । उनी पहिले ‘Reality Show Comedy Champion’ बाट परिचित छन् । कार्यक्रमलाई अर्का चर्चित कमेडियन सन्तोष थापाले होस्ट गर्नुभएकाे छ ।
कार्यक्रममा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन्। उनीहरूले विभिन्न चरणमा फरक–फरक इम्प्रभ गेमहरू खेलेर प्रतिस्पर्धा गर्नेछन्।
शो तीन राउन्ड – सिल्भर, गोल्ड र डायमण्ड – मा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा छ एपिसोड रहनेछ र एलिमिनेशन तथा वाइल्डकार्ड प्रणाली लागू हुनेछ। यसरी २० एपिसोडको अन्त्यमा एक जना विजेता घोषणा गरिनेछ।
‘The Fun२sss Show’ नेपालकै पहिलो र ठूलो इम्प्रभ कमेडी शोका रूपमा सुरु भएको छ। एपिसोडको अन्त्यमा एक जना विजेता घोषणा गरिनेछ, जसले नगदसहित विभिन्न पुरस्कार जित्नेछन्।








प्रतिक्रिया राख्नुहोस्