तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसद्वारा राजीनामा

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिनुभएको छ  ।

अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले प्रशिक्षक रसको राजीनामा आएको जानकारी दिनुभयो ।

टोलीको खराब प्रदर्शनपछि रसले नैतिकताको आधारमा पद छाड्ने निर्णय लिएको बताइएको छ । रस गत फागुनमा एक वर्षको सम्झौतामा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त हुनुभएको थियो ।

रसको नेतृत्वमा नेपालले सात अन्तर्राष्ट्रिय खेलमा एक जित, दुई बराबरी र चार हारको नतिजा निकाल्यो । रसको डेब्यू  खेलमै नेपालले सिंगापुरलाई हराएको थियो त्यसपछि भने टोलीले जित निकाल्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button