तपाईँ सुन्दै हुनुहुन्छः

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

मनाङ। भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ ।

हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानैदेखि सुरक्षा निकाय प्रयासरत  छन् तर सवारीसाधनको अभावमा उनीहरूलाई सकस भएको छ ।  

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी दिनुभयो । “फसेका पर्यटकको उद्धार गरिरहेका छौँ । हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ । अन्य सवारीसाधनको अभाव छ”, उहाँले भन्नुभयो । 

तिलिचो आधार शिविरमा अलपत्र  पर्यटकलाई उद्धार गरिएको र खाङ्सारमा अन्य व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । पच्चिस किलोमिटर सडकबाट हिउँ फालेर आवागमन सहज बनाइएको पनि उहाँले जानकारी दिनुभयो । 

केही पर्यटकलाई घरबास तथा केहीलाई निजी घरमा व्यवस्थापन गरिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित  छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button