सगरमाथा आधार शिविर नजिक हेलिकप्टर दुर्घटना, चालक सकुशल

सोलुखुम्बु । सगरमाथा आधार शिविर नजिकै आज बिहान एक हेलिकप्टर दुर्घटना भएको छ। बिहान ८:१५ बजे अल्टिच्युड एयरको अल्फा माइक सेरा हेलिकप्टर लोबुचे क्षेत्रमा दुर्घटनामा परेको हो।
हिजोदेखि परेको हिउँका कारण होटलमा फसेका पर्यटकहरूको उद्धारका लागि गएको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको अल्टिच्युड एयरका कार्यकारी अध्यक्ष ङिमानुरु शेर्पाले जानकारी दिनुभयो।
दुर्घटनामा चालक बिनोद खड्का सकुशल रहेको र उनलाई कैलाश एयरको हेलिकप्टरमार्फत लुक्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्