तपाईँ सुन्दै हुनुहुन्छः

मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ । विभागले आज एक सूचना जारी गरी उसबारे जानकारी दिएको हो । 

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्यालयबाट मौसम पूर्वानुमान सेवा र हवाई उड्डयन सेवा प्रदान गर्दै आइरहेको थियो । अब मौसम पूर्वानुमान सेवा विभागको केन्द्रीय कार्यालय बबरमहलबाट तथा हवाई उड्डयन सेवा यथावतै रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाटै प्रदान गर्ने जानकारी दिएको हो ।

यस्तै, विभागले मौसम पूर्वानुमान सेवा विशेष परिस्थितिबाहेक बिहान ६ देखि साँझ ६ बजेसम्म वर्षको ३६५ दिन नै दुई ‘सिफ्ट’मा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button