लागुऔषधसहित बेलौरीकी एक युवती पक्राउ
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित बसपार्कबाट लागूऔषध खैरो हेरोइनसहित एक युवती पक्राउ परेकी छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर ८ पचुई बस्ने ३० वर्षीया सङ्गीता चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चौधरीको साथबाट १२ ग्राम ६ सय मिलिग्राम अवैध खैरो हेरोइन बरामद गरिएको छ । पक्राउ परेकी चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्