तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा गौरीघाटमा छठपूजा 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा आज गुहेश्वरीस्थित गौरीघाटमा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित गुहेश्वरीस्थित गौरीघाटमा  निर्माण गरिएको छठ घाटमा पुगी पूजा अर्चना गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेललाई गौरीघाट छठ पूजा घाट समितिका अध्यक्ष अनिलसिंह राजपुत लगायतका पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button