दुर्गा मूर्ति विसर्जनका क्रममा डुबेर तीन जनाको मृत्यु
रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा बुधबार तीन जनाको डुबेर मृत्यु भएको छ ।
मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा आज दिउँसो उनीहरू मूर्ति विसर्जन गर्न पुगेका थिए ।
विसर्जनका क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य सुरु गरेका थिए ।
खोजीका क्रममा करिब २ सय मिटर तल तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्