करेन्ट लागेर पूर्व वडाध्यक्ष यादवको निधन
रौतहट । रौतहटको गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष रामस्वार्थ राय यादवको करेन्ट लागेर निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौरस्थित आफ्नै बाख्रा फर्ममा पानीका लागि मोटर चलाउने क्रममा यादवलाई बुधबार करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लैजाने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्