दुधकोशीमा डुबेर बालिका बेपत्ता
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेकी एक बालिका दुधकोशीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
सोमबार बिहान चौदण्डीगढी नगरपालिका–८ डुङ्ग्रेमा खेल्न गएका २ मध्ये एक बालिकालाई नदिले बगाएको प्रहरीले जनाएको छ।
साथीसँग नुहाउन गएकी त्रियुगा नगरपालिका १४ साउनेका अर्जुन तामाङकी सात वर्षीया छोरी अनुसा तामाङ चौदण्डीगढी नगरपालिका ८ कम्पुघाट स्थित दुधकोशी नदीमा डुबेर बेपत्ता भएको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्