११७ औँ देवकोटा जयन्तीको उपलक्ष्यमा सडक कविता वाचन
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका १ शान्ति चौकमा ११७ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती २०८२ को उपलक्ष्यमा सडक कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । टेम्पोचोक, इनरुवा–१ मा सडक कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।

सिर्जनामा इनरुवा, विश्व नेपाली साहित्य महासङ्घ, सुनसरी, अपन स्वर्ग नेपाल, कबिर जीवन ज्योति मठ, इनरुवाको सहयोग र सप्तरङ्गी साहित्य समाज कोशी प्रदेशको आयोजनामा भव्यताका साथ साहित्य कार्यक्रम सम्पन्न भएको सञ्चालक लिलानाथ सिलवालले जानकारी दिनुभयो ।
सप्तरङ्गी साहित्य समाज कोशी अध्यक्ष रमेन्द्र कोइरालाको अध्यक्षता र छविनाथ रिजालको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लिलानाथ सिलवाल, रमेन्द्र कोइराला, माधवप्रसाद आचार्य, द्वारिका प्रसाद पोखरेल, यशोदा आचार्य, राधा सुवेदी, शिव नारायण पण्डित, लीलानाथ सिलवाल, अनुष दाहाल, झोटन महता, विष्णु दाहाल, अनुप खड्का, रियाज कार्की र साहित्यकार जय कृष्ण यादव लगायतले रचना वाचन गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्