तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस धनुषाका सभापति विरुद्ध पक्राउ पूर्जी 

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

धनुषा जिल्ला अदालतबाट असोज ३१ गते जिल्ला सभापति योगेन्द्र पञ्जियार र उनका छोरासहित ७ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने सुशील कुमार चौधरीको जाहेरीका आधारमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ६२ वर्षका पञ्जियार, उनका छोरा ३५ वर्षीय अमर पञ्जियार, ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोरा ३८ वर्षीय कमल मण्डल धानुक, अर्का छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय निरज मण्डल र क्षिरेश्वरनाथ १ रमदैया बस्ने ३८ वर्षीय उमेश यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

केही महिना अघि नालाको विषयमा विवाद भएपछि कुटपिट भएको घटनामा पीडितले प्रहरीमा जाहेरी दिएपछि गत शुक्रबार अदालतबाट आरोपी विरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला अदालत धनुषाले जनाएको छ । 

यसै बीच नेपाली काँग्रेसका सभापति योगेन्द्र पञ्जियारले नालको विषयमा विपक्षीले जाहेरी दिएको आधारमा अदालतले पक्राउ पूर्जी जारी भएको बताउँदै छठपछि आफै अदालतमा उपस्थित हुने जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button