तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या

सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारी रामदुलार साहको गोली हानी हत्या गरिएको छ।

करिब ७० वर्षीय साहलाई शनिबार राति करिब २:१५ बजे अज्ञात व्यक्तिले गोली हानेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मन्दिर परिसरमा रहेको आफ्नै कुटीअगाडि पिसाब गरिरहेको बेला पछाडिबाट गोली प्रहार भएको थियो। नाभी नजिक ढाडतर्फ लागेको गोलीले साहको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

सप्तरीका प्रहरी प्रमुख गौतमकुमार केसीका अनुसार घटनास्थल सुरक्षित गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ। हत्या कसले र किन गरेको भन्ने विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button