तपाईँ सुन्दै हुनुहुन्छः

७०औँ प्रहरी दिवस वीरगंजमा विशेष कार्यक्रमका साथ मनाइयो

वीरगंज । ७०औँ नेपाल प्रहरी दिवस वीरगञ्जमा शुक्रबार विशेष कार्यक्रमका साथ मनाइएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा प्रदेश प्रहरी कार्यालयको प्राङ्गणमा भव्य समारोह सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले नेपाल प्रहरीको सेवाप्रति सम्मान प्रकट गर्दै भन्नुभयो, “प्रहरी र नागरिकबीचको सहकार्यले मात्र समाजमा स्थायी शान्ति र सुरक्षाको वातावरण निर्माण गर्न सकिन्छ ।”

समारोहमा समाजमा शान्ति–सुरक्षा कायम गर्न सहयोग पुर्‍याउने विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो । यस्तै, देशका लागि ज्यान गुमाएका अमर शहीद प्रहरीका परिवारका सदस्यहरूलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, प्रहरी नायब उपरीक्षक किशोर लम्साल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई लगायत सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सो अवसरमा वक्ताहरूले प्रहरी दिवसलाई जन–प्रहरी सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button