७ राउन्ड गोलीसहित एक जना पक्राउ
भक्तपुर । भक्तपुरबाट ७ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) प्रकाश जवेगुका अनुसार ७ राउन्ड गोलीसहित सर्लाहीको लालबन्दी नगरपालिका ५ का ४० वर्षीय गोपाल विक पक्राउ परेका हुन् ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित सकुम्बासी बस्तीमा बस्दै आएका बिकको साथबाट ५६ केएफ १३ उल्लेख लाइभ राउण्ड फेला परेको छ ।
बिकलाई भक्तपुर जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हातहतियार खरखजना कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोली जेनजी आन्दोलनका क्रममा लुटिएका हुन् कि होइनन् भन्ने एकिन भई नसकेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्