तपाईँ सुन्दै हुनुहुन्छः

ट्रेनको ठक्करबाट भारतमा एक नेपालीको मृत्यु

बैतडी । भारतमा ट्रेनको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । 

बैतडीको सुर्नया गाउँपालिका वडा नं.२ लिस्किटाका ४२ वर्षीय बिसा चन्दको भारतको केरलामा ट्रेनको ठक्करबाट मृत्यु भएको हो ।

रोजगारीको सिलसिलामा भारतमा रहेका चन्दको बुधवार ट्रेनको ठक्करबाट मृत्यु भएको मृतकका दाजु गणेश बहादुर चन्दले जानकारी दिनुभयो । 

भारतको केरलाबाट बेंगलोर फर्किने क्रममा उक्त घटना भएको चन्दले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button