राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोग र थारु आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र थारु आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले आयोगको प्रतिवेदन पेश गर्नुभएको हो ।
यसैगरी थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले थारु आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्