तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

 काठमाडौँ । हिजोदेखि जारी नेकपा एमाले पार्टीको १० औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी छ । 

ललितपुरको भनिमण्डलमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि पदाधिकारीले बोल्ने कार्यसूची रहेको एमालेले जनाएको छ ।   

पदाधिकारीको धारणापछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नुहुने कार्यसूची रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार आजको बैठकमा केन्द्रीय सदस्यहरूले जेनजी प्रदर्शनपछि मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशनलगायतका विषयमा धारणा राखिरहनुभएको  छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button