तपाईँ सुन्दै हुनुहुन्छः

भालुको आक्रमणबाट एक जनाको मृत्यु

दोलखा। दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर–३ ठाडेका ५९ वर्षीय टेक बहादुर तामाङको भालुको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताउनुभयो । 

आफ्नो घरबाट दुई सय मिटर टाढा जङ्गलमा घाँस काट्न गएका तामाङलाई बिहीबार बिहान १०ः३० बजे भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट तामाङको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button