तपाईँ सुन्दै हुनुहुन्छः

घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार घरेलु टिमविरुद्ध नेपालले प्रतिस्पर्धा गर्दै छ ।

सुपर सिक्सको तालिकामा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ । दुवै टिमको समान ६–६ अंक रहेको छ । आज ओमानलाई हराएमा नेपालको आगामी टी–२० विश्वकपमा चयन हुने छ भने उपाधिकै नजिक पुग्ने छ । नेपाल अहिले समग्रमा तेस्रो र लगातार दोस्रो पल्ट टी–२० विश्वकप खेल्ने अभियानमा छ ।

नेपाल र ओमानबिचको खेलबाट दुईमध्ये एकको अपराजित यात्रा तोडिने छ । आइसीसी टी २० वरियतामा नेपाल १७ औँ स्थानमा छ भने ओमान २० औँ स्थानमा रहेको टिम हो । अहिलेसम्म नेपाल र ओमानबिच भएका ७ टी २० मा नेपालले ५ र ओमानले २ खेलमा जित निकालेका छन् । नेपाल र ओमानबिचको खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि सुरु हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button