तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश: मुख्यमन्त्री पदका लागि लोसपाका सोनारको दाबी 

जनकपुरधाम । मधेश प्रदेशको चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनारले पद दाबी गर्नुभएको छ ।  

पाँचदलिय गठबन्धनसहित मुख्यमन्त्री पदका लागि लोसपाका नेता सोनारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार गठनको दाबी पेश गर्नुभएको हो ।  पाँच दलका तर्फबाट जसपाका प्रदेश सभाका सदस्य, महासचिव एवं प्रवक्ता मनिस सुमनले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुभएको  थियो ।

मधेश प्रदेशमा रहेका जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थमा मुख्यमन्त्रीमा सोनारलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउन दाबी पेश गरिइएको हो । 

मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ गरेर ५६ जना प्रदेश सभा सदस्य रहेका छन् । मधेश प्रदेशमा कायम रहेको  १०५ सदस्यमा बहुमतका लागि ५३ आवश्यक रहेकाले लोसपाका सोनार मधेश प्रदेशका चौथो मुख्यमन्त्री बन्ने पक्का भएको छ । 

साझ ४ बजेसम्म बहुमत हुने गरि दुई वा दुई दल भन्दा बढीको समर्थन सहितको मुख्यमन्त्रीका लागि दाबी पेश गर्नका लागि मधेश प्रदेशका प्रदेश  प्रमुखको कार्यालयले सूचना जारी गरेकाले अर्को दाबी पेश नभएको  खण्डमा सोनारलाई ४ बजेपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नु हुने संवैधानिक व्यवस्था रहेको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिएको राजीनामा प्रदेश  प्रमुखले हिजो स्वीकृत गरि नेपालको संविधानको धारा १६८ को उपधारा ( २ं ) बमोजिम बहुमत हाँसिल गर्न सक्ने व्यक्तिलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्नका लागि आह्वान गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button