तपाईँ सुन्दै हुनुहुन्छः

फूलखेतीमा जमेका पाख्रिन,४ दशक देखि फूलखेतीमा ( फोटो फिचर)

चितवन। इलामको दुर्गम गाउँमा जन्मिएका उहाँ प्रारम्भिक शिक्षा लिएपछि जन्मस्थान अडिनै सक्नुभएन ।

पढाई र कामको शिलशिलामा उहाँले काठमाडौँ नै रोज्नुभयो  तर परिस्थितिले उहाँलाई ललितपुरको गोदावरी पुर्‍यायो । गोदावरीमा फूलको माली बन्नु पर्ने भयो सानैदेखि फूलको सामीप्यमा रहेका उहाँले आफ्नो उच्च शिक्षाको पढाई, र शिक्षकको काम समेत गर्न भ्याए ।  तर यसबाट सन्तुष्ट हुन सक्नुभएन अन्ततः फूलप्रतिनै उहाँको  दिगो प्रेम बस्यो। ६ दशक टेकेका उहाँलाई अहिले पनि फूलप्रतिको मोहले अहिले सम्म छाडेको छैन ।यी हुन् भरतपुर महानगरपालिका वडा नम्बर २६ का दिपक पाख्रिन। पुष्प व्यवसायी जसले हाल ६ बिघामा फूलखेती लगाएर उदाहरणीय काम गर्नुभएको छ ।  

एउटा व्यक्तिले आफ्नो जीवनमा एउटै पेशा वा व्यवसायमा कति समय बिताउला? अधिकतम दुई दशक तीनदशक यस्तै तर एउटै व्यवसायमा उहाँले ४ दशकभन्दा बढी बिताउनु भएको छ । ‘मेरो ४० वर्षभन्दा बढी भयो फूल व्यवसायमा आवद्ध रहेको पाख्रिनले भन्नुभयो, त्यतिबेला फूल किन्ने बिक्री हुन्छ भन्ने प्रचलनै थिएन ।’

 ललितपुरको गोदावरीमा आफ्नो भविष्य कोर्न कम्मर कसेका पाख्रिनले हुँदा खाँदाको शिक्षक जागिर छाडेर पुष्प व्यवसायमै समर्पण गर्नुभयो  । ‘मैले त्यस्तै ६ बर्ष स्कुल र पाँच बर्ष फोटोग्राफी तालिम सिकाएँ होला, पाख्रिन भन्छन् , पूर्णकालिनरुपमा सयपत्री फूलखेतीमा लागेकोमात्रै २५ बर्ष बढी भयो। शिक्षक हुँदा मेरो तलब महिनाको हजार रुपैंया थियो, मैले शिक्षण पेशा छोडेर पुष्प व्यवसायमा लाग्दा सबैले पागल भन्थे ।’ उहाँ थप्नुहुन्छ ।

त्यतिबेला काठमाडौँका मन्दिरहरूमा थोरै मात्रामा फूल आपूर्ति गर्ने गरेका पाख्रिनको क्रमशः अर्डर बढ्न थाल्यो । आफूले अरुसंँग किनेर बिक्री गर्नुभन्दा भन्दा आफैँ फूलखेती गर्छु भनेर उहाँ कस्सिनु भयो  । अनि दुई दशक अघि उनले चितवन झरेर जग्गा भाडामा लिएर फूल खेत शुरु गर्नुभयो  ।‘मैले फूलखेती शुरु गर्दा चितवनमा कसैले फूलखेती शुरु गरेकै थिएनन् । अहिले सबै फूलखेती गर्नेहरू मेरा चेला हुन।’ उहाँ गर्व गर्नुहुन्छ ।

चितवनबाटनै काठमाडौँ लगायत अन्य शहरहरुमा फूल आपूर्ति गर्ने पाख्रिनले फूलका  बिरुवा नर्सरी गरेर समेत बिक्री गर्ने गर्नुभएको छ  । ‘अरूको लागि फूलखेती सिजनल होला मेरो लागि बाह्रैमास हो ।’ उहाँमा फूलखेती प्रतिको लगाव झल्कन्छ। हाल उहाँको फार्म प्रत्यक्ष रुपमा १० दशजनाले रोजगारी पाएका छन् भने आंशिक रुपमा ३० जना भन्दा बढीले काम गर्दै आएका छन् । 

त्यतिमात्र होइन उनले जुनसुकै फूलखेती गर्न चाहने समुगहत किसानलाई तालिम समेत प्रदान गर्दै आउनु भएको छ । हाल उहाँको पाख्रिन एग्रो फ्लोरा फार्मबाट यसपटकको तिहारमा मात्रै २० हजार माला बिक्री गर्ने सोच बनाउनु भएको छ । ‘नेपालको उत्पादनले मात्रै त छेउ पनि पुग्दैन उहाँले भन्नुभयो , चितवनमा मात्र यसपालिको तिहारमा ३ लाख माला चाहिने हाम्रो अनुमान छ  ।’ उहाँजस्तै व्यावसायिक फूलखेती गर्ने किसान दर्जन पनि छैनन् तर सिजनल फूलखेती गर्ने किसान ४० जनाको हाराहारीमा रहेको उहाँले बताउनु भयो । आफ्नो व्यावसायिक पुष्प व्यवसाय हरेक बर्ष बढेको बताउँदै  यस व्यवसायलाई निरन्तर दिनसके मनग्य आम्दानी गर्न सक्ने उहाँको भनाई छ । ‘यो व्यवसायमा समय दिन सक्नुपर्‍यो ।

यसमा लगानी कम तर फाइदा बढी हुन्छ ।’ उहाँको ठम्याई छ । जीवनको उत्तरार्द्धमा पुग्नु भएका पाख्रिनले कति पटक यो व्यवसाय छाडेर आरामको जिन्दगी जिउन पनि खोज्नुभयो  तर उहाँलाई यो व्यवसायले अहिलेसम्म पनि छोडेको छैन । ‘मैले मात्र छोंडु भनेर कहाऊँ हुँदो रहेछ र फूलखेतीले मलाई छोड्दैन । हेरौँ अझै हात खुट्टा बलियो उङ्दासम्म कति गर्न सक्छु।’ उहाँले कुराकानीको बिट मार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button