तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनमा गोली लागी घाइते भएका नेत्रबहादुर थापा सम्मानित 

वीरगञ्ज । जेनजी आन्दोलनमा गोली लागी घाइते भएका पर्साको ठोरी गाउँपालिका बडा नम्बर–२ इच्छानगरका युवा नेत्रबहादुर थापा सम्मानित हुनुभएको छ । 

स्वर्गीय रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित “चौथो ठोरी गोल्ड कप–२०८२” को अवसरमा आयोजित विशेष कार्यक्रममा थापालाई ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र पर्सागढी नगरपालिका मेयर गोकर्ण पाठकले दोसल्ला र सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले न्याय, समता र रूपान्तरणका लागि ज्यानको प्रवाह नगरी सङ्घर्षमा होमिएका थापाको साहस प्रेरणादायक भएको बताउनुभयो । त्यस्तै, मेयर पाठकले थापाको आत्मबल र सङ्घर्षले पर्सा जिल्लाको मात्रै नभई सम्पूर्ण देशको गौरव बढाएको उल्लेख गर्नुभयो । 

थापालाई गरिएको यो सम्मानले देशभरका युवा पुस्तामा समानता, न्याय र सामाजिक रूपान्तरणप्रतिको भावना अझ बलियो हुने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button