बाढी र पहिरोका कारण इलाममा हालसम्म कम्तीमा १८ को ज्यान गयो
इलाम । शनिबार बिहान देखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण इलाममा हालसम्म कम्तीमा १८ ज्यान गएको छ।
इलामका सबै पालिकाहरूमा बाढि पहिरोको प्रभाव परेको छ इलाम जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी एकनारायण कोइरालाले १४ जनाको मृत्यु पुष्टि भएको र यो सङ्ख्या बढ्ने जानकारी दिनुभयो ।
सूर्योदय नगरपालिका १, मानेभज्याङमा पहिरोले पुरिएर एकै घरका आमाछोरीसहित पाँच जनाको मृत्यु भएको छ। इलाम नगरपालिका ६, घोसमा एकै घरमा ६ जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। माङ्सेबुङ गाउँपालिकामा १ मा ३ जनाको घरले पुरेर मृत्यु भएको छ। ‘बेपत्ताको सङ्ख्या पनि रहेकाले मृतको सङ्ख्या बढ्ने सम्भावना रहेको प्रहरीको भनाई छ । अहिले बेपत्ताको खोजी घाइतेको उद्धारको कार्य जारी छ । माङ्सेबुङ गाउँपालिकामा १ गर्भवती महिला र १ पुरुष गम्भीर घाइते भएकाले नेपाली सेनाको हेलिकप्टरबाट भरखरै उद्धार गरि अस्पताल लगिएको छ ।

सन्दकपुर गाउँपालिका १, छाँगेमा एक जनाको मृत्यु भएको र एक महिला गभिंंर घाइते हुनुभएको छ ।
माइजोगमाई गाउँपालिका ६, प्याङमा एकैघरका पाँच जना बेपत्ता रहेकामा चार जनाको शव फेला परेको छ भने सन्दकपुर गाउँपालिका ३, सुलुबुङकी बालिका घरसँगै बेपत्ता भएकी छिन्।
देउमाई नगरपालिका ५, धुसेनीमा दुई बालबच्चा बेपत्ता भएको र केही घाइते भएको जानकारी आएको छ। इलामको सूर्योदय नगरपालिका वडा नं ९ स्थित झरेन्द्र बहादुर महतको गोठमा पहिरोले गोठपूर्ण रुपमा क्षति पुर्याउनुको साथसाथै एक माउ ब्याउने गाई पुरेर मरेको छ भने एउटा गाईलाई घाइते अवस्थामा उद्धार गरिएको छ सूर्योदय नगरपालिका ९ का स्थानीय पेम्बा छिरिङ योल्मो र निमा योल्मोको घर बस्नै नमिल्ने अवस्थामा रहेको र राती उहाँहरूले भागेर ज्यान जोगाउनु भएको छ । अहिले मेचिराजमार्ग तथा अन्य सडकहरू अवरुद्ध छ पुवाखोलाको बेलासे पुल भाँचिएको कारण यातायात अवरुद्ध भएको छ । पहिरो हटाउने कार्य धमाधम भइरहेको छ ।
हाललाई इलाम र झापाको सीमा जोरकलश क्षेत्रमा प्रहरीले सडक बन्द गरेको छ । घटनाको विवरण सङ्कलन भइरहेको छ, इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । धेरै घरहरू पुरिएको छ भने कति बस्नै नमिल्ने अवस्थामा रहेको छ । यहाँका पालिकाहरू प्रहरी प्रशासन राजनीतिक दल स्थानीयबासी लगायत घाइतेको उद्धार बेपत्ताको खोजीलगायतमा जुटेका छन् ।
प्रतिक्रिया राख्नुहोस्