तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यका आसपासका नदीमा जल सतह बढ्दो, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँ । निरन्तरका वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीको जल सतह बढ्न थालको छ । 

जल तथा मौसम विज्ञान विभाग, खोकनामा जलमापन स्टेशनका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ । 

विभागका बाढीविद् विनोद पराजुलीले उपत्यका आसपासका नदीमा जल सतह बढ्दो क्रममा रहेको भन्दै आज राति अझै अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । “खोकनास्थित बागमती नदीमा तीन दशमलव पाँच मिटर खतराको तह रहेकोमा हाल चार दशमलव दुई मिटर जलसहत पुगेको छ । यो क्रम निरन्तर बढ्ने भएकाले सतर्कता अपनाउन आवश्यक  छ,” उहाँले भन्नुभयो ।

विभागका अनुसार काभ्रेस्थित रोसी, काठमाडौँको मनोहरा र बागमती नदी, मकवानपुरको लालबकैया नदीले जल सतह सतर्कता तह पार गरेको छ । 

बागमती र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी–नालामा जल सतह सतर्कता तह नजिक पुगेको छ । आज साँझ र राति जोखिम थप बढ्ने पूर्वानुमान गरिएकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button