तपाईँ सुन्दै हुनुहुन्छः

आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय 

काठमाडौँ । सरकारले भोली आइतबार र पर्सी सोमबार सार्वजनिक बिदा दिने  निर्णय गरेको छ । 

निरन्तर बर्षाका कारण देशभरका सडक मार्ग तथा हवाई मार्ग अवरुद्ध भएकाले मानवीय क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै  दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ । 

अविरल वर्षापछि उत्पन्न हुन सक्ने बाढी, पहिरो, डुबान र भूक्षय लगायतका जोखिमले दशैमा घर गएका कर्मचारी तथा सर्वसाधारण घरमै रोकिएको भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गर्नुभएको सूचनामा उल्लेख छ । 

सार्वजनिक बिदाका दिन विपद व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक  मुलुकभरका सबै सरकारी कार्यालयहरू बिदा रहनेछन् ।

गृह मन्त्रालयले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन सबै नागरिकलाई सूचनामार्फत आग्रह पनि गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button