लामो दूरीका यातायात पर्सि २० गतेसम्मका लागि बन्द
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात आजैदेखि तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले विज्ञप्तीमार्फत जानकारी दिएको हो ।

प्राधिकरणले भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत आज असोज १८ देखि २० गतेसम्मका लागि बन्द गरिएको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्