तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो खसेपछि नारायणघाट–मुग्लिन र मुग्लिन–नागढुंगा सडक बन्द

काठमाडौं । गएरातिदेखिको निरन्तरको वर्षाले पहिरो खस्दा चितवनको नारायणघाट–मुग्लिन सडक खण्ड र मुग्लिन–नागढुङ्गा सडक खण्ड अवरुद्ध भएको छ ।

नारायणघाट–मुग्लिन सडक खण्डको तुइन खोला र मुग्लिन–नागढुङ्गा सडक खण्डको धादिङस्थित जवाङ खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

सडकमा बेला बेला स–साना ढुङ्गासमेत खस्न थालेको छ । मौसम पुर्वानुमान महाशाखाले हिजो रातिदेखि असोज २० गतेसम्ममा भारी वर्षा हुने प्रक्षेपण गरेकाले यसअघि नै सावधानी अपनाउन भनिएको थियो ।

चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले राति अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन आग्रह गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button