तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय युवाको पहलमा प्रहरी तथा ट्राफिक कार्यालय पुनःनिर्माण

झापा । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको बिर्तामोडस्थित प्रहरी कार्यालय र ट्राफिक कार्यालय पुनःनिर्माण गरिएको छ ।

इलाका प्रहरी कार्यालय, अनारमुनिमा बसेको समन्वय बैठकले भवन सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको निष्कर्ष निकालेको हो । बैठकले आगामी दिनमा बिर्तामोड क्षेत्रको शान्ति–सुरक्षालाई सहज बनाउन नवनिर्मित कार्यालयबाट सेवा प्रारम्भ गर्ने निर्णय समेत गरेको छ ।

अभियानका अभियन्ता सजेस सिवाकोटी, पदम श्रेष्ठ, रमेश चौधरी, विपिन बजगाईँलगायत स्थानीय युवाको सक्रिय पहलमा भवन पुनर्निर्माण सम्पन्न भएको हो । 

अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय अनारमुनिका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय श्रेष्ठ, प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश पौडेललगायत सुरक्षाकर्मीको सहभागिता थियो । अनुगमनपछि डिएसपी श्रेष्ठले कार्यालय सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको बताउँदै बताउनुभयो । 

भवन पुनर्निर्माणमा अनुमानित रु ९० लाख खर्च भइसकेको र अझै केही रकम खर्च गर्न बाँकी हुने अभियानका अभियन्ता विपिन बजगाईले बताउनुभयो । उहाँका अनुसार स्थानीय तह, व्यापारी तथा आम नागरिकको आर्थिक–सामाजिक सहयोगले मात्र यो सम्भव भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button