धनगढीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु
धनगढी। कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गए राति से ५ प ३४१४ नम्बरको मोटरसाइकल दुर्घटनामा परि धनगढी उपमहानगरपालिका–१२ का गणेश कुँवर र अनिश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले जानकारी दिनुभयो ।
दुवैजना गम्भीर घाइते भई सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–७ चोक नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रतिक्रिया राख्नुहोस्