तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीको कोशी गाउँपालिकामा जङ्गली हात्तीको आतङ्क 

सुनसरी । असोज ७ गते । सुनसरीको कोशी गाउँपालिकामा जङ्गली हात्तीको आतङ्क बढेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आतङ्कले स्थानीयहरू आतङ्कित बनेका छन् । 

एक हप्ता यता आरक्षबाट निस्केको हात्तीले स्थानीयको घरमा तोडफोड गरेको र अन्नपात तथा बाली समेत क्षति गरेकाले स्थानीयहरू आतङ्कित बनेका हुन् ।

कोशीमा बढेको जङ्गली हात्तीको आतङ्कले सोमबार मात्रै सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ३ जमुवाका ३० वर्षीय जितन उँराव र फुलकुमरो देवी उँरावको टिन र बासले बनेको एक तल्ले कच्ची घरमा क्षति भएको छ । जङ्गली हात्तीले दुई घरमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीले आक्रमण गर्दा मानिसको ज्यान जाने, घाइते भएर उपचार अभाव हुने, बालीनाली र घरमा क्षति गरे समयमा क्षतिपूर्ति नपाउने अवस्था रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button