तपाईँ सुन्दै हुनुहुन्छः

सुक्खा पहिराे गएपछि मुग्लिन–काठमाडौं सडकखण्ड फेरि अवरुद्ध

काठमाडौं । काठमाडौं–मुग्लिन सडकखण्ड पहिरो गएपछि अवरुद्ध भएको छ । यात्रु जाममा परेका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङखोलामा सुक्खा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

पहिरो झर्ने क्रम निरन्तर छ । पहिरो पन्छाउने कामसमेत सुरु गर्न सकिएको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले यात्रामा रहनु भएका यात्रु र आम समुदायलाई आफूलाई पाएक पर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button