तपाईँ सुन्दै हुनुहुन्छः

नव नियुक्त मन्त्रीहरूको शपथ दिउसो ३ बजे 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीका लागि हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नु भएकाहरूको आज दिउसो तीन बजे शपथ हुने भएको छ ।

प्रधानमन्त्री कार्कीले महावीर पुन, मदन परियार, जगदीश खरेल र अनिल सिन्हाको नाम मन्त्री नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयका अतिक्ति सचिव डा. स‌ंगीता मिश्राको नाम सिफारिस गर्नुभए पनि उहाँ विवादमा पर्नुभएकाले मन्त्री हुने सम्भावना नरहेको बताइएको छ ।

सिफारिस गरिएका नामहरूमा पुनले शिक्षा तथा विज्ञान प्रविधि, परियारले कृषि, खरेलले सञ्चार र सिन्हाले उद्योग मन्त्रालय सम्हाल्नुहुने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button