एसियाडका ४ सय ३४ खेलाडीको नाम दर्ता
काठमाडौँ । जापानमा अर्को वर्ष हुने २० औँ एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडीको नाम दर्ता भएको छ ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औँ एसियाडका लागि पहिलो सूचीमा दर्ता भएको जनाएको छ ।
खेलाडी सङ्ख्या दर्ता गर्न (सेप्टेम्बर १६) अन्तिम मिति तय थियो। यसअघि एनओसीले ३० खेल दर्ता गराएको थियो । त्यति बेला फुटबल र तेक्वान्दोको दर्ता प्रक्रियामा सामेल भएनन् ।
खेल दर्ताको अनुरोध सहित तेक्वान्दो र फुटबलको खेलाडी सङ्ख्या ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मा पठाइएको बताइएको छ ।
१९ औँ एसियाडमा नेपालका लागि कराँतेकी एरिका गुरुङले रजत र महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो ।








प्रतिक्रिया राख्नुहोस्