हुम्लाका तीन स्थानबाट सहुलियत दरको खाद्यान्न बिक्री सुरु
हुम्ला । हुम्लामा यस वर्षको चाडपर्व लक्षित खाद्यान्न बिक्री सुरु भएको छ । चाड पर्व लक्षित सहुलियत दरमा खाद्यान्न बिक्रीबितरण हुम्ला शाखासहित जिल्लाको माथिल्लो क्षेत्र याल्वाङ र तल्लो क्षेत्र श्रीनगरमा रहेका दुई वटा डिपोबाट सुरु गरिएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णबहादुर थापा मगरले बताउनुभयो ।

शाखा कार्यालय सिमकोटको गोदामबाट जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले गर्नुभएको थियो । अब खाद्यान्नमा चामल र चिनी प्रतिकेजी पाँच रुपैयाँ र तेल प्रतिलिटर सात रुपैयाँ साविक मूल्य भन्दा कममा बिक्री गर्न सुरु गरिएको हो । शाखाले सधैँ बिक्री वितरण गर्दै आएको अरुवा मोटा चामल प्रतिकेजी ६३ रुपैयाँलाई ५८ रुपैयाँमा बिक्री सुरु गरिएको छ भने अरुवा मोटा फोट्टीफाईडलाई पनि सोही मूल्यमा बिक्री वितरण सुरु गरिको छ ।
जिल्लाको माथिल्लो क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ र अदानचुली गाउँपालिकाको केन्द्र श्री नगरबाट बिक्री सुरु गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्