चितुवाको आक्रमणमा परी एक महिलाको मृत्यु
बाँके । बाँकेमा चितुवाको आक्रमणमा परि एक जना महिलाको मृत्यु भएको छ ।
राप्ती सोनारी गाउँपालिका–३ सिनावाझ निवासी ४५ बर्षिया लक्ष्मी थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । हिजोदेखि हराइरहनुभएकी थारुको आज शव फेला परेको हो।
डिभिजन वन कार्यालयका अनुसार राप्तीपारी च्याउ टिप्न जाने क्रममा जनमुखी सामुदायिक वनको पुरानो पानी ट्याङ्की नजिक थारुलाई चितुवाले आक्रमण गरेको हो। चितुवाको आक्रमणबाट थारुको घटनास्थलमै मृत्यु भएको जिल्ला वन कार्यालय बाँकेका प्रमुख शङ्कर प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्