नेपाल–बङ्गलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिजको दोस्रो संस्करण स्थगित
काठमाडौँ । नेपाल रग्बी सङ्घको आयोजनामा हुन लागेको नेपाल–बङ्गलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिजको दोस्रो संस्करण स्थगित भएको छ ।
सिरिज भदौ ३० र ३१ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तय थियो । तर नेपालमा भएको जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सिरिज स्थगित गरिएको आयोजक सङ्घले जनाएको छ । सङ्घले स्थिति सामान्य भएपछि सिरिजको नयाँ मिति तोकिने बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्