नेपालगन्ज नाका पुनः खुल्याे

बाँके। जेन-जीको प्रदर्शनपछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गरी बन्द गरिएको नेपालगन्ज नाका खोलिएको छ ।
नेपालगन्जको जनजीवन सुधार भए पछि नाका खोलिएको हो । नाका खुलेपछि भारतीय सीमा बजारमा किनमेल गर्नेको भिड लागेको छ। भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले आवतजावत सहज बनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले पनि आंशिक रूपमा सेवा सुरु गरेको छ । शुक्रवारदेखि पेट्रोलियम पदार्थ ल्याउन सुरु गरेको नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिनु भयो ।
जमुनाहा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले आवागमन सहज र सरल बन्दै गएको बताउँदै भारतले आउन दिएकालाई आफूहरूले पनि चेकजाँचपछि नेपाल प्रवेश गर्न दिएको बताउनुभयो ।
यसअघि प्रदर्शनकारीले जमुनाहाको प्रहरी चेकपोस्टसहित इलाका प्रहरी कार्यालय र भन्सार यात्रु शाखामा मङ्गलवार दिउँसो आगजनी र तोडफोड गरेर ध्वस्त बनाएका थिए ।
प्रतिक्रिया राख्नुहोस्