तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कँडेलद्वारा जेन–जी आन्दोलनमा क्षतिग्रस्त भौतिक संरचनाको अनुगमन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनका क्रममा सुर्खेतमा क्षति गरिएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । 

उहाँले आज प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित आन्दोलनकारीद्वारा जलाइएका सरकारी तथा निजी भौतिक संरचनाहरूको अनुगमन गर्नुभएको हो । 

आन्दोलनमा मुख्यमन्त्री यामलाल कँडेलको सरकारी निवास र वीरेन्द्रनगरको भैरव स्थानस्थित निजी निवासमा समेत तोडफोडसँगै आगजनी गरिएको थियो । 

जेनजी आन्दोलनमा सहभागीहरूले सरकारी कार्यालयहरू, राजनीतिक दलका कार्यालयसँगै व्यक्तिका निजी आवासलाई निशाना बनाएर आगजनी गरेका थिए । ‎आन्दोलनकारीद्वारा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा तोडफोडसँगै आगजनी गरिएको थियो । 

आन्दोलनका क्रममा वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, प्रदेश सभा, नापी कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै राजनीतिक दलसँग आवद्ध व्यक्तिहरूको निजी आवासमा समेत तोडफोड,  आगजनी तथा लुटपाट भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button