तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । राजनीतिक सहमति जुटेसँगै नवनियुक्त्त प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाङ्क्षा अनुसार, राजनीतिक दल र सरोकारवालासँगको परामर्शमा उहाँलाई नियुक्ति गर्नुभएको हो ।

राष्ट्रपति पौडेलबाट नेपालको संविधान बमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिसमा छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गराउने गरी अन्तरिम सरकारको प्रधानमन्त्रीमा उहाँलाई नियुक्त गरिएको हो ।

उहाँको आजै पद तथा गोपनीयता शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीमा नियुक्त हुनुभएसँगै उहाँ पहिलो महिला प्रधानमन्त्री बन्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button