तपाईँ सुन्दै हुनुहुन्छः

साफ यु–१७ च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली श्रीलङ्का जाने

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली श्रीलङ्का जाने भएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित  एक कार्यक्रममा नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्‍यो । टोली भोलि श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गर्नेछ ।

प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ तारिख सम्म हुँदै छ । समूह ‘ए’ मा रहेको नेपालले सेप्टेम्बर १५ मा श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ भने सेप्टेम्बर १८ तारिखमा बङ्गलादेशको सामना गर्नेछ । समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् ।

नेपाली टोलीको गोलकिपरमा पेम्बानुर्बु भोटे, राम बोहरा र  विशेष बानियाँ छन् । त्यसैगरी रक्षकमा प्रशान्त मोक्तान, दीपेन कार्की, धिरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का छन् ।

यसैगरी मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्ट भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान छन् भने फरवार्डमा समीर कुमार, दिगविजय शाही, निसकुमार श्रेष्ठ र  रोहित श्रेष्ठ छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button